उसो त हत्तपत्त नेपाली चलचित्रले सोलो रिलिजको अवसर पाउँदैनन् तर कमै चलचित्रलाई जुर्ने यो अवसर चलचित्र 'बादशाह जुट' लाई मिलेको छ । सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र आज शुक्रवारबाट अलनेपाल प्रदर्शनमा आएको छ । चलचित्रले एकल प्रदर्शनको अवसर पाए पनि यात्रा भने उति सहज हुने देखिँदैन । असोजको अन्तिम हप्ताबाट प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ले अझै पनि दर्शक तानिरहेको छ भने अघिल्लो हप्ता प्रदर्शनमा आएको ‘पोइ पर्यो काले’ को दबदबा पनि कायमै छ । यसर्थ 'बादशाह जुट'ले दर्शकको राम्रो साथ पाउन र नाफा युक्त यात्रा तय गर्न ‘वर्ड अफ माउथ’ को साथ महत्त्वपूर्ण रहनु पर्ने हुन्छ । चलचित्रले पहिलो दिनमा मल्टीप्लेक्समा अत्यन्त न्यूज सोज पाएको छ । आफूलाई बादशाह सम्झने दुई युवकको कथा रहेको चलचित्रमा आमिर गौतम र सुशीलले दुई युवकको भूमिका निभाएका छन् । रवि लामिछानेजस्तो मने र फेम कमाउन चाहने सुशीलका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ ।
चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।