अभिनेत्री आँचल शर्मा र डा. उदिप श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको पनि धेरै भइसक्यो । करियरको सुरुवातदेखि नै आँचल र अभिनेता पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा परिचर्चा चल्ने गर्थ्यो तर केही समय यता आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको बताइरहेकी छिन् । पलसँगको प्रेम सम्बन्ध नभएको बताउँदै आएकी आँचलले उदिपसँगको सम्बन्धको पाटो खोल्दै आएकी छिन् । २०१८ अक्टोबर ३१ मा पहिलो पटक भेट भएको एक वर्ष पुगेको भन्दै उदिपले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यी दुई प्रेममा निकै डुबेको  र छिट्टै नै वैवाहिक सम्बन्धमा बाँधिने खबर पनि मिडियामा सार्वजनिक भइरहेका छन् । दुईले प्रेम सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा रङ्गिन बनाउँदै आएका छन् भने उनीहरूले प्रेम सम्बन्धमा रहेको पहिलो वर्षगाँठ मनाएका छन् ।