हरेक व्यक्तिको आ-आफ्नो सोख हुने गर्छ । त्यसमाथि पनि कलाकारको जीवन शैली र सोख आम दर्शकको नजरमा परिरहेको हुन्छ । पछिल्लो समयका युवा स्टार अनमोल केसी दर्शकको धेरै नजर पर्ने कलाकार मा गनिन्छन् । उनै स्टारले करिब ७४ लाख रुपैयाँ पर्ने जिप कम्पास खरिद गरेका छन् । उनले ७३ लाख ९० हजार रुपैयाँ पर्ने स्पोर्ट प्लस भेरियन्टको जिप कम्पास खरिद गरेका हुन् । एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवालको हातबाट उनले सेतो रङ्गको जिप डेलिभरी गराएका हुन् । सुटिङको लागि आफू प्राय राजधानी बाहिर रहने र  ब्रान्डकै कारण जिप कम्पासलाई आफ्नो यात्राको साथीका रूपमा रोजेको केसीले बताए । उनले भने, 'अब मेरा सबै गन्तव्यमा जिप मेरो साथमा हुनेछ' ।