नायिका ॠचा शर्मा केही वर्ष यता प्रेममा रहँदै आएको कुरा मिडियामा सार्वजनिक भइरहेका थिए । केही समय यता उनी यही वर्ष वैवाहिक सम्बन्धमा बाँधिने पनि बुझिएको थियो । अब भने त्यो कुरा हल्ला मात्र नभएर सत्य साबित भएको छ । ॠचा आगामी मङ्सिरमा वैवाहिक सम्बन्धमा बाँधिने भएकी छिन् । विवाहको मिति नजिकिँदै जाँदा उनी यति बेला विवाहको तयारीमा व्यस्त छिन् । यसैबिच उनी आफ्ना नजिकका साथीसँग व्याचलर पार्टी मनाउन पोखरा पुगेकी छिन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी डिजाइनर सिवांगी लगायत केही निकट साथीका साथ उनी पोखरा पुगेकी हुन्। ऋचाले केही समयदेखि आफूलाई परिवारबाट विवाहका लागि प्रेसर आइरहेको र अब आफू पनि तयार रहेको बताउँदै आएकी थिइन् । हालसालै उनले विवाहको विषयमा कुरा उठ्दा चाँडै नै प्रेमीलाई कुनै कार्यक्रममार्फत सार्वजनिक गर्ने उद्घोष गरेकी थिइन् । तर विवाहको लगन जुराइसक्दा पनि उनले आफ्ना प्रेमीबारे केही सार्वजनिक गरेकी छैनन् । विवाहको बारेमा अन्य जानकारी सार्वजनिक नगरिए पनि उनी आफ्नो विवाहको लागी उत्साहित भएको र तयारी धूमधामसँग भइरहेको बुझ्न सकिन्छ ।