गायिका कोमल ओलीको नयाँ तिज गीत सार्वजनिक भएको छ । ‘चाहिएन पोइ’ बोलको उक्त गीत उनले यसबर्षको तिजको लागी भन्दै बजारमा ल्याएकी छिन् । ‘पोइल जान पाम’, ‘पोइ चाहियो भनेर गीत गाउने लास्टै चोटी’ हो भन्दै अघिल्ला उनले तिजको गीत निकालेकी थिइन् । यस बर्ष राट्रिष्य प्रजातन्त्र पार्टिमा प्रवेश गरेकी ओलीले गीतमा देशकै लागी बाच्ने हो भन्दै गाएकी छिन् । उनलाई गायक पशुपति शर्माले साथ दिएका छन् ।