राजधानी स्थित कुमारी हल बन्द हुने भएको छ । हलको ट्वाइलेट र सिटहरू मर्मत गर्नको लागी हल करिब एक महिनाका लागि बन्द हुन लागेको हो । राजधानीका क्युएफएक्स चेनहरूमा दर्शकको चाप बढी नै रहने हलमा पर्छ । हल बन्द गर्नु परेपछि कुमारीलाई दिइने प्रदर्शनरत चलचित्रको सोज समेत काटिएको छ । दर्शकको रोजाइमा पर्ने कुमारे हल महिना दिनसम्म बन्द हुँदा नेपाली चलचित्रलाई केही घाटा भने अवश्य हुने नै छ । यद्यपि दर्शकबाट राम्रो पैसा लिएर चलचित्र देखाउने हलले दर्शकको सुविधाका लागी संरचना मर्मत तथा निर्माण गर्नु सकारात्मक मान्न सकिन्छ ।