गायक योगेश काजी र गायिका सारिका घिमिरेको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । भिडियो सहित सार्वजनिक भएको गीत 'हेलो' कार्टुञ्ज क्रु को अफिसियल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ । गीतमा कार्टुञ्ज क्रु का सरोज अधिकारी र आश्मा विश्वकर्मा फिचर्ड छन् । गीतमा एकनारायण भण्डारीको शब्द रहेको छ भने आशिष अविरलले कम्पोज र एरेञ्ज गरेका हुन् । कमेडी र प्रेम भाव मिसिएको गीतको भिडियोको कोरियोग्राफी तथा निर्देशन गम्भीर विष्टले गरेका हुन् । गीतमा सरोज र आश्माको जोडी र नृत्य निकै जमेको छ ।