बलिउड अभिनेता गोविन्दा यही कात्तिक २१ गतेबाट विरगञ्जमा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’ मा सहभागी हुन नेपाल आउने भएका छन् । उनलाई विशेष अतिथिको रूपमा निमन्त्रणा गरिएको चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले जानकारी दिएका छन् । उनी कार्यक्रम हुनुभन्दा २ दिन अगाडि नेपाल सेड्युल रहेको अधिकारीले बताएका छन् । जुन सेड्युल गोबिन्दा आफैले बनाएका हुन् । उनी २१ गते बिहानै वीरगन्ज पुग्ने र आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको अधिकारीले जनाए । एक समयका निकै चर्चित र रुचाइएका अभिनेता हुन् गोबिन्दा जसको फ्यान फलोअर्स आज पनि घटेका छैनन् । निर्माता सङ्घका अध्यक्ष अधिकारीका अनुसार एक पटकको आग्रहलाई नै स्वीकार गर्दै उनी नेपाल आउन लागेका हुन् ।

उसो त गोबिन्दा नेपाल आइरहने गर्छन् गत वर्ष पनि उनी नेपाल आएका थिए । उनकी  श्रीमती सुनिता आहुजा नेपाली मुलकी हुन् र गोबिन्दालाई म पर्ने देश पनि नेपाल नै भएको बताउँछन् ।  नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’को उद्घाटन कात्तिक २१ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाली चलचित्र निर्माता, निर्देशक, कलाकार, प्राविधिक, लेखक, गीतकार, सङ्गीतकार, गायिका, वितरक, प्रदर्शक तथा पत्रकारहरू सहभागी हुनेछन् ।