असोज २४ देखी प्रदर्शनमा आएको राजनीतिक द्वन्द्वको समयमा पलाएको प्रेम र राजनीतिले प्रेममा पार्ने प्रभावको विषयमा बनेको चलचित्र ‘छ माया छपक्कै’ लाई दर्शकको साथ उल्लासमय तरिकाले मिलिरहेको छ । दसैँ सकिएपछि प्रदर्शनमा आएको चलचित्रले अपेक्षा अनुरूप दर्शक पाउने हो कि होइन भन्नेमा अन्योल थियो तर दर्शकको मायाले टिममा उत्साह थपिदिएको छ । चलचित्र राजनीतिक पृष्ठभूमि देखी लिएर सामाजिक बौद्धिक व्यक्तित्वहरूले हेरिसकेका छन् र उनीहरूले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिइरहेका छन् । यसैबिच आइतबार व्यवसायी विनोद चौधरीले चलचित्र हेरेका छन् । दरबारमार्ग स्थित राइजिङ मलमा हल नै बुक गरेर चौधरीका परिवार र निकट व्यक्तित्वले सँगै बसेर चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि चौधरीले आफूलाई चलचित्र निकै मन परेको र चलचित्र हेरेपछि दर्शकको मनमा लामो समयसम्म छाप बसिरहने बताएका छन् ।

साथै विनोद चौधरी र दीपक राज गिरिको टिम मिलेर नयाँ चलचित्र निर्माण गर्ने तयारी गरिरहेको पनि खुलाएका छन् । कुराकानीको क्रममा कलाकार गिरिले विनोदको जीवनीमा आधारित रहेको चलचित्र निर्माण गर्दा दर्शकमा राम्रो सन्देश पनि जाने र निकै रुचिपूर्ण विषय हुने भएकाले आफूले पुस्तक पढ्न थालेको बताएका छन् । यस विषयमा चौधरीले पनि आफू निकै उत्साहित भएको र एउटै परिवार भएर काम गर्न पाउँदा खुसी हुने बताए । प्राय दीपक राजकै चलचित्र हेर्न परिवारसँगै आउने गरेको र यसमा विशेष कारण केही छ कि भन्ने प्रश्नमा दीपक भन्छन्, 'उहाँ हामीलाई एकदमै माया गर्नुहुन्छ । यती ठुलो मान्छे हुँदा हुँदै पनि नेपाली गीत सङ्गीत र चलचित्रलाई माया गर्नु हुन्छ । हाम्रो मात्र नभएर अन्य चलचित्र पनि हेरेको मैले पाएको छु ।' चलचित्र हेर्न पुगेका अन्य व्यक्तिहरूले पनि चलचित्र निकै उत्कृष्ट बनेको र वर्तमान समयमा चलचित्र समसामयिक र यथार्थ परक बन्न सफल भएको बताएका छन् । चलचित्र हेर्न पुगेका अन्य व्यक्तिहरूले पनि चलचित्र निकै उत्कृष्ट बनेको र वर्तमान समयमा चलचित्र समसामयिक र यथार्थ परक बन्न सफल भएको बताएका छन् ।

'छ माया छपक्कै' हेरेपछी विनोद चौधरी भन्छन्, 'मनमा बस्ने फिल्म'

दीपेन्द्र लामाको निर्देशनमा निर्माण भएको चलचित्रलाई रोहित अधिकारीले निर्माण गरेका हुन् । चलचित्रमा दीपक राज गिरी, केकी अधिकारी केदार घिमिरे, जितु नेपालका अलावा सुपुष्पा भट्ट, अनुराग कुँवर, प्रकाश घिमिरे, रमा थपलिया, विष्णु सापकोटा लगायतका कलाकारहरूको अभिनय रहेको छ ।