हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन २’को नकआउट चरण सकिएको छ । नकआउटबाट चारजना कोचले आफ्नो टिममा उत्कृष्ट तीन प्रतियोगी छानेका छन् । नकआउटबाट छानिएर १२ प्रतियोगीहरू लाइभ शोसम्म पुगिसकेका छन् । दोस्रो सिजनबाट नकआउट राउन्ड सुरु गरेको भ्वाइसमा कोच दीप श्रेष्ठको टिमबाट विकास, रजनी, सञ्जय लाइभ राउन्डमा पुगेका छन् भने कोच आस्थाको टिमबाट यांकी, शशिका, आरिफले यात्रा अगाडी बढाएका छन् । यसै गरी कोच प्रमोदले बलबहादुर, मेचु र रामलाई लाइभमा पुर्‍याएका छन् र कोच राजुको टिमबाट गीता, अन्जु र शिनिशले लाइभको यात्रा सुरक्षित गरेका छन् । यस राउन्डमा प्रत्येक टिमबाट ६ प्रतियोगी बाहिरिए जसमा केही प्रतियोगी बाहिरिँदा विवाद सम्म उत्पन्न भएको थियो । जसले भ्वाइसको पारदर्शितामा नै प्रश्न समेत उब्जिएको छ । आगामी हप्ताबाट लाइभ राउन्ड सुरु हुँदैछ जसमा कुन प्रतियोगीलाई अघिल्लो राउन्डमा पुर्‍याउने भन्ने निर्णय दर्शकको हातमा हुनेछ । दर्शकले मन पराएका प्रतियोगीले अगाडिको यात्रा तय गर्न पाउनेछन् ।