मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को प्रमोशनल गीतमा र्यापर भिटेनले आवाज दिएका छन् । युवापुस्ता माझ लोकप्रिय मानिएका भिटेनले आवाज भएको गीतमा शब्द तथा सङ्गीत पनि उनकै रहेको छ । चलचित्रको सार्वजनिक टिजर मनपरेपछि भिटेनले गीत तयार गरेका हुन् । यो गीतको भिडियोमा भिटेनको साथमा मुख्य कलाकारहरू सुमी मोक्तान र विजय लामा पनि देखिदैछन् । गीतमा भिटेनले केही फरक प्रस्तुति दिने र चलचित्रकै थिम अनुसार गीतलाई तयार गरिएको निर्देशक हरि हुमागाईंले बताएका छन् । शुक्रवार यो गीत सार्वजनिक गर्ने तयारी गरिएको हरिले बताएका छन् ।

चलचित्रमा सुमीसँगै लियो ट्यांक , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्यांक , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतीक दुलाल , राजेश रोय , मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रले रिभेन्जको कथा भन्नेछ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायाङ्कन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउन्ड स्कोर ग्लिटर स्टुडियो , शङ्कर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज सिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको सङ्गीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोताङको स्वर दिएका छन् । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ ।