स्मिता दाहाल पछिल्लो समय रुचाइएकी गायिका हुन् । छोटो समयमा नै आफूलाई नेपाली गीत सङ्गीत को क्षेत्रमा स्थापित गराउन सफल दाहालको नयाँ गीत सार्वजनिक भएको छ । टंक बुढाथोकी र स्मिताको स्वर रहेको गीत 'चिटिक्क परी बस' सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । सुनिता नेपालको शब्द रहेको गीतमा कार्टुन्ज क्रुको नृत्य रहेको छ । सरोज ओलीले निर्देशन गरेको म्युजिक भिडियोमा काटुञ्ज क्रुका सरोज अधिकारी, आश्मा विश्वकर्मा र दीपिका कार्की फिचर्ड छन् । गीतमा दीपक शर्माको सङ्गीत उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ । साथै गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् । गीतमा प्रेमिकालाई भेट्न आउँदा चिटिक्क परेर आउनु भन्ने आग्रह प्रेमीले गरेका छन् ।