हाल छायाङ्कन भइरहेको चलचित्र ‘बाबु कान्छा’को प्रदर्शन मिति तय भएको छ । शोभित बस्नेतको लेखन, निर्माण र निर्देशन चलचित्र मङ्सिर १५ गते अल नेपाल प्रदर्शन हुने छ । करिब ७० प्रतिशत छायाङ्कन सकाएको बाबु कान्छाको अबको छायाङ्कन दुबईमा हुने निर्माण पक्षले बताएको छ । चलचित्रमा सलोन बस्नेत र करिष्मा श्रेष्ठको मुख्य भूमिका रहेको छ ।

संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको बाबु कान्छामा सन्तोष राज भण्डारी र सुरज घिमिरे सह निर्माताको रूपमा रहेका छन्  ।चलचित्र ’बाबुकान्छा’मा सलोन र करिष्माको अलावा  निर शाह, सरोज खनाल, राजाराम पौडेल,लय संगौला , ऋतिक शाही,सम्राट सापकोटा,मञ्जु पौडेल ,गीता अधिकारी, रामेश्वर रिजाल , शुशान्त श्रेष्ठ,विक्रम कंडेल लगायतको अभिनय रहेको छ  ।यस चलचित्र बाट अश्लिन ज्ञवाली र ज्योत्सना महर्जनले डेव्यू गर्दै छिन्।