आगामी वर्षको लागी बलिउडका निकै सफल निर्देशक संजयलीला भन्सालीले दुई वटा चलचित्रको घोषणा गरिसकेका छन् । उनले चलचित्र ‘गंगुबाई कठियावाडी’ र ‘बैजू बावरा’को निर्माणको घोषणा दीपावलीको अवसरमा गरेका हुन् । आलिया भट्टले मुख्य भूमिका निर्वाह रहने ‘गंगुबाई कठियावाडी’ २०२० को सेप्टेम्बर ११ मा रिलिज गर्ने लक्ष भन्सालीले राखेका छन् । यसै गरी ‘बैजू बावरा’ २०२१ को दिवालीको अवसरमा रिलिज गरिने भनिएको छ तर यसका कलाकार लगायत टिम सार्वजनिक गरिएको छैन । म्युजिकल ड्रामा एक कलाकारको बदलाको कथामा आधारित रहने ‘बैजू बावरा’ को लागी मुख्य भूमिकाको लागी अहिलेसम्म रणवीर सिंह र प्रियंका चोपडाको नाम अगाडी आएको छ । तर यस बारे निर्माण पक्षले केही बोलेको छैन । यस चलचित्रलाई भन्सालीको महत्त्वाकांक्षी प्रोजेक्टको रूपमा हेरिएको छ ।