आज पछिल्लो समय निकै रुचाइएका युवा अभिनेता आकाश श्रेष्ठको जन्मदिन परेको छ । जन्मदिनको अवसरमा उनी ललितपुर स्थित स्नेही काखमा पुगेका थिए जहाँ उनले असहाय अशक्तहरुका बिचमा केक काटेर जन्मदिन मनाएका छन् । श्री नेहा पोखरेलले सञ्चालन गरेको 'स्नेही काख'मा पुगेर बर्थडे केक काट्दै उनले आफ्नो फ्यानले सङ्कलन गरेको केही रकम पनि हस्तान्तरण गरे । जन्मदिन मनाउँदै गर्दा आकाशले आफूले पूजालाई निकै सम्झिएको बताए । पूजा भएको भए माहौल अझ रमाइलो हुने भन्दै हिजो पूजाले आयोजना गरेको सर्प्राइज पार्टी आफूलाई निकै मन परेको समेत सम्झिए । आकाशको यो २६औँ जन्मदिन हो । एकपछी अर्को सफल चलचित्र दिँदै आएका आकाशलाई जन्मदिनको शुभकामना ।