अर्जुन कपुर, सञ्जय दत्त, कृति सेनन अभिनीत चलचित्र 'पानीपत'को ट्रेलर सार्वजनिक भएको छ । डिसेम्बर ६ मा रिलिज हुने यस चलचित्रले भारतको लागि लडिएको लडाइँको कथालाई उठाएको छ । आशुतोष गोवारिकरले निर्देशन गरेको चलचित्रको ट्रेलरमा जबरजस्त एक्सन देखिन्छ भने अर्जुन र कृतिको गज्जब केमेस्ट्री पनि देखाइएको छ । ट्रेलरका अनुसार अभिनेता सञ्जय दत्त नेगेटिभ भूमिकामा प्रस्तुत भएका छन् जो अफगानिस्तानको एक क्रूर राजाको भूमिकामा छन्  भने अर्जुनलाई सदाशिव राव भाऊको भूमिकामा देख्न सकिन्छ । चलचित्र अब्दाली र मराठाबीच १४ जनवरी १७६१ मा भएको पानीपतको तेस्रो लडाइँमा आधारित छ । अर्जुन कपुरको करिअरमा यस चलचित्र निकै महत्त्वपूर्ण रहेको छ किनकि पछिल्लो समय उनी अभिनीत चलचित्रले बक्स अफिसमा कमाल गर्न सकेको छैन ।