सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन मिति तय भएको छ । पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यस चलचित्र आगामी फागुन २३ गते देखि प्रदर्शनीमा आउने भएको छ । चलचित्रको पहिलो भाग ‘म यस्तो गीत गाउँछु’ मा पनि पूजा र पललाई प्रेमिल जोडीको रूपमा देखेका थिए भने यो जोडी फेरी दोस्रो भागमा पनि दोहोरिएको छ । चलचित्र यति बेला पोस्ट्प्रोडक्सनमा रहेको जानकारी आएको छ भने चलचित्रको कुनै पनि प्रचारप्रसार सामाग्री बाहिर ल्याइएको छैन ।