रेल स्टेसनमा गीत गाउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि बलिउडकी गायिकाको रूपमा स्थापित भएकी रानू मण्डल उनको आवाजले गर्दा निकै चर्चित भइन । तर जनताले माया गरेर चर्चाको शिखरमा पुगेकी उनी यति बेला एउटा भिडियोको कारण आलोचित भएकी छिन् । भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनका फ्यानहरूले नै उनको आलोचना गरेका छन् । सार्वजनिक भएको भिडियोमा एक महिला प्रशंसक रानूसँग सेल्फी लिनका लागि उनलाई कोट्याएर बोलाउँछिन् । तर रानू मण्डलले ती प्रशंसकसँग आफूलाई त्यसरी छोएकोमा झर्किन्छिन् र सोध्छिन्,'यसको मतलब के हो ?' उनको यो व्यवहारले सबैलाई आश्चर्यचकित बनाएको छ । सामाजिक प्रयोगकर्ताहरूले रानूलाई आफ्ना पुराना दिनहरू सम्झिन भनेका छन्। सामाजिक संजालामा रानू प्रसिद्धिको लायक छैनन् भन्दै उनको आलोचना भइरहेको छ । उनी सेलिब्रेटी हुन्, कसैले उनलाई बिउँझाऊ र यो बताऊ की मानिसहरूका कारण उनी सेलेब्रेटी बनेकी हुन्' भनि उनीप्रति आक्रोश पोख्नेहारु धेरै भेटिएका छन् । सङ्घर्षको पाठ दिनेले आफ्ना शुभचिन्तक माथि गरेको यो व्यवहार प्रति असन्तुष्टि प्रकट गर्नु सामान्य नै मान सकिन्छ ।