बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका पति तथा भारतीय क्रिकेटर विराट कोहली यति बेला भुटानमा छुट्टी मनाइरहेका छन् । उनीहरू आफ्नो छुट्टी निकै रमाइलोका साथ बिताइरहेको सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । अनुष्कालाले ट्विटरमा उनले भुटानको एक गाउँका स्थानीय परिवारसँगको फोटो पोस्ट गर्दै उनीहरूले आफूहरू को हो भनेर नचिनेको उल्लेख गरेकी छिन्। अनुष्काले सो कुरासँगै पोस्टमा भुटानका ती गाउँलेहरूको दयालुपना र सरलताको प्रशंसा गर्दै आफूहरूलाई उनीहरूले नचिने पनि राम्रो सत्कार र सम्मान गरेको उल्लेख गरेकी छिन्। उनले आफूहरू ८ .५ किलोमिटरको उकालो पदयात्रा गर्दा यस दौरान एक घरका मालिकले उनीहरूलाई थाकेका छौ कि भनेर सोध्दै एक कप चियाको लागि सोधे' ट्विटमा अनुष्काले लेखेकी छिन्। साथै लेखेकी छिन् 'हामी यो सुन्दर परिवारको घर गयौँ, जसलाई हामी को हौँ भनेर बिलकुलै जानकार थिएनन्' पूरा परिवार हामीसँग जोस र मायाले प्रस्तुत भयो। हामीले उनीहरूसँग बसेर चिया पियौँ र केही समय बितायौँ। अनुष्काले ट्विटमा सो परिवारको खुलेर प्रशंसा गरेका छन्।