लोकप्रिय साङ्गीतिक ब्यान्ड १९७४ एडीको साङ्गीतिक कन्सर्ट यही कार्तिक २३ गते हुने भएको छ। मङ्गलवार कीर्ति इभेन्टले पत्रकार सम्मेलन गरी कन्सर्ट कीर्तिपुरको खेल मैदानमा हुने जानकारी गराएको हो। कन्सर्टमा १९७४ एडीको साथमा चर्चित ब्यान्ड कुटुम्ब र चर्चित गायक रोहित जोन क्षेत्रीको पनि साङ्गीतिक प्रस्तुति रहनेछ। शनिवार अपराह्न ३ बजेबाट सुरु हुने कन्सर्टका लागी प्रवेश शुल्क पनि निर्धारण गरिएको छ । जस अन्तर्गत टिकटको मूल्य प्रि सेल ३ सय, डोर सेल ५ सय र भिआइपी सेल १ हजार रहेको छ।