पछिल्लो समय चलचित्र 'प्रसाद' बाट निकै राम्रो प्रतिक्रिया पाएका निर्देशक दिनेश राउत चलचित्र  ‘मेरो एउटा साथी छ २’ को लागी काम गरिरहेका छन् । लभ स्टोरी जनरालाई मिठो र फरक तरिकाले पस्कन माहिर मानिएका दिनेशले निर्माता रोहित अधिकारीसँग काम गर्ने भएका छन् । प्रदर्शन रत चलचित्र ‘छ माया छपक्कै’ ले सफलता हात पारिरहेका रोहितले फेसबुकमा स्टाटस पोस्ट गर्दै दिनेशसँग फिल्म गर्न लागेको जानकारी दिएका छन् । रोहित अधिकारि फिल्मसको तेस्रो प्रस्तुतिको रुपमा निर्माण हुने चलचित्रका लाईन प्रोड्युसर विजय आवाज रहेको पनि उनले खुलाएका छन् ।  धेरै पटकको छलफल अनि सहकार्यको प्रयास पछि यी दुई एउटै प्रोजेक्टमा काम गर्न लागेका हुन् तर अधिकारीले चलचित्र सम्बन्धी अन्य जानकारी सार्वजनिक गरेका छैनन् । लभ स्टोरी जनरामा निर्माण हुने चलचित्र आगामी नयाँ वर्षसँगै फ्लोरमा जाने बुझिएको छ । यी दुई सफल निर्माता र निर्देशकको सहकार्यले नेपाली चलचित्र क्षेत्रमा एउटा सम्झना योग्य बन्ने आशा राख्न सकिन्छ ।  दिनेशले निर्माण गरेको ‘सेल्फी किङ’ आउँदो फागुनमा दर्शक माझ ल्याउने तयारीमा भइरहेको छ ।