केही समय अघि निर्देशक साम्तेन भुटियाले चलचित्र ‘धुपौरे’मा अहिलेका युवा स्टार अनमोल केसी फाइनल गरेका थिए । ‘त्यान्द्रो’ फेम्ड निर्देशक साम्तेनको नयाँ चलचित्रमा काम गर्न सम्झौता गरिसकेका अनमोलले यति बेला आएर चलचित्र छाडेको चर्चा चलिरहेको छ । उनले छाडेपछि चलचित्र नै नबन्ने खबर समेत बाहिरिएका छन् । हल्लासँगै चलचित्रका निर्माता जयन श्रेष्ठले भित्री रूपमा 'धुपौरे'को काम भइरहेको दाबी गरेका छन् । साथै निर्माता रुपेन खड्गीले पनि चलचित्र बन्ने तर केही समय लाग्ने बताएका छन् । मङ्सिरबाट फ्लोरमा जाने भनिएको चलचित्रका लागि अनमोलले वर्कसप समेत सुरु गरिसकेका थिए । 'धुपौरे'को कथा मन परेर साइन गरेका अनमोलले कथामा परिवर्तन भएपछि छाडेको बताइएको छ । यस चलचित्र छाडेपछि उनी आफ्नो होम प्रोडक्सनको चलचित्र ‘एन्टी हिरो’लाई समय दिने बुझिएको छ । यस्तै, झरना थापाको ‘ए मेरो हजुर ४’ को लागी पनि तयारी सुरु हुने सम्भावना देखिन्छ ।