गत शुक्रवार बाट प्रदर्शनमा आएको सुशील श्रेष्ठ स्टारर चलचित्र ‘बादशाह जुट’ले दर्शकको साथ कति पायो त ? यो प्रश्न नेपाली चलचित्रलाई फलो गर्ने र चिन्ता लिनेहरूको मनमा उठेको प्रश्न हो । उसो त चलचित्र ‘होस्टेलको दोस्रो भागबाट चर्चामा आएका अभिनेता सुशीलको करियरमा निकै महत्त्वपूर्ण चलचित्रको रूपमा हेरिएको थियो । उनका 'सायद २' र 'कारखाना' दुवै बक्स अफिसमा फ्लप साबित भएपछि उनीमा चलचित्र नै नगर्ने सोचसम्म आएको उनी स्विकार्छन् । उनले धेरै आशा राखेको चलचित्र ‘बादशाह जुट’ले दर्शकको साथ पाउन सकेन । चलचित्रले हलामा दर्शकको अभाव त खेप्नु पर्यो नै निर्माता द्वय हर्क बहादुर कुँवर र भोजराज श्रेष्ठलाई पनि नराम्रो झट्का लागेको छ । चलचित्रले सोलो रिलिजको मौका हात पारे पनि सँगै रिलिज भएको बलिउड चलचित्र ‘हाउस फुल ४’ ले मल्टीप्लेक्समा नराम्रोसँग पछार्यो । यो मात्र नभएर अघिल्लो हप्ता रिलिज भएको 'पोइ पर्यो काले' र चौथो हप्तामा चलिरहेको ‘छ माया छपक्कै'ले दर्शक भड्काइदियो ।
चलचित्र सफल हुनुमा वर्ड अफ माउथले निकै ठुलो भूमिका खेल्छ जुन चलचित्रले पाउन सकेन । चलचित्रले लगानी उठाउन सकेन न त कलाकारको काम दर्शकको मनमा बस्न सक्यो । योसँगै हरेक वर्ष रिलिज हुने १०० हाराहारीको लिस्टमा फ्लपको नाम लेखाउन बाध्य भयो । आफूलाई बादशाह सम्झने दुई युवकको कथा रहेको चलचित्रमा आमिर गौतम र सुशीलले दुई युवकको भूमिका निभाएका छन् । आशा गरौँ चलचित्रले बक्सअफिसमा कमाल गर्न नसके पनि शुशिलको कारीयारमा एउटा टर्निङ पोइन्टको रुपमा स्थापित होस् । रवि लामिछानेजस्तो मने र फेम कमाउन चाहने सुशीलका मालिक अर्थात् बोसले उनको कामको सम्मान र प्रोत्साहन नगर्ने हुँदा कथामा द्वन्द्व सृजना हुन्छ ।
चलचित्रमा सुशील श्रेष्ठ, अमिर गौतम, रोविन तामाङ, रोशी खड्का, केइशा रावत, रश्मी पाण्डे, दीपक क्षेत्री लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । हर्क बहादुर कुँवर(पिटर) र भोज राज श्रेष्ठ(मिक्कि)को निर्माणमा बनको चलचित्रलाई अभिशेख शशी कुमारले लेखेका हुन् । चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्वाज, कोसिस क्षेत्री र मोहित मुनालको सङ्गीत, दीर्घ खड्काको सम्पादन रहेको छ ।