सातै प्रदेशमा साङ्गीतिक प्रस्तुति गर्दै एकता र सद्भाव बाँड्ने लक्ष्यका साथ पहिलो संस्करण सफलता पूर्वक सम्पन्न गरेको सप्तरङ्गको दोस्रो संस्करण झापाको बिर्तामोडबाट सुरु भएको छ । कार्यक्रमका लागी सातै प्रदेशको प्रतिनिधित्व गर्दै संगीतकर्मी र कला कर्मीको छनौट गरिएको छ र उनीहरूले सातै प्रदेशमा आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख शेरधन राईले गरेका छन् । यसै गरी अन्य प्रदेशमा पनि प्रदेशप्रमुखले उद्घाटन गर्नेछन् । कार्यक्रमको विभिन्न साङ्गीतिक प्रस्तुतिका साथ उद्घाटन सम्पन्न भएको छ । आयोजक संस्था ग्रीष्मा ब्रोडकास्टिङका कार्यक्रममा विभिन्न गीतसङ्गीत, नृत्य आदि समावेश हुनेछ। जसमा राजेश हमाल, गायिका मेलिना राई, गायक सुगम पोखरेल, गायक हिमाल सागर, गायक प्रकाश सपुत, रवि ओढ र जितु नेपालको प्रस्तुति रहनेछ ।नेपाललाई सन् २०२० मा भ्रमण वर्षको रूपमा मनाउन लागेको सन्दर्भमा ‘पर्यटन प्रवर्द्धन र समुन्नतिका लागि’ भन्ने नारासहित कल्पना गरिएको कार्यक्रम साङ्गीतिक मनोरञ्जनात्मक कार्यक्रम हो । कार्तिक २० गते बिर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते वीरगन्ज, २४ गते चितवन, २६ गते नेपालगन्ज, २८ गते सुर्खेत, ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ । ‘सप्तरङ्ग २’ मा अफिसियल एमसीको रूपमा नरेश भट्टराई , विवेक खतिवडा र पूजन थापा रहेका छन् ।
तस्बिर: मेरो फिल्म डट कम