‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ वीरगन्जमा आजबाट सुरु भएको छ । नेपाल चलचित्र निर्माता सङ्घको आयोजनामा तराई, पहाड, हिमालको उत्सव ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव–२०७६’ स्लोगनका साथ वीरगन्जको घण्टाघरबाट प्रभात फेरी र्‍याली गर्दै कार्यक्रम सुरु गरिएको हो । ३ दिन सम्म चल्ने महोत्सवको उद्घाटन प्रभात फेरीमा कलाकार निर शाह, भुवन केसी, दिपा श्री निरौला, दीपक राज गिरी, निरुता सिंह, झरना थापा, सरोज खनाल, वसुन्धरा भुसाल, भुवन चन्द, वर्षा राउत, नीता ढुङ्गाना, छुल्ठीम गुरुङ लगायत उपस्थित थिए । महोत्सवका मुख्य मुख्य अतिथिको रूपमा बलिउड अभिनेता गोविन्दा रहेका छन् ।

उनी मङ्ग्लबार नै नेपाल आइसकेका छन् । कार्यक्रममा नेपालका सुपरस्टार राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, करिश्मा मानन्धर, निरुता सिंह, केकी अधिकारी, पल शाह, अनमोल केसी लगायत दर्जनौँ कलाकारहरूको सहभागिता रहने छ ।  राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका उद्योगपति, व्यवसायीहरू र सिनेमा क्षेत्र बिचको दुरी कम गराइ सिनेमा उद्योग प्रति लगानीमा आकर्षण बढाउने उद्देश्यले सुरु गरिएको यस महोत्सव हरेक वर्ष नेपालका भिन्न भिन्न ठाउँमा आयोजना गरिने छ ।