आगामी वर्ष बलिउडमा निकै रुचिकर भिडन्त हुने भएको छ । बलिउडका सुपरस्टारहरू सलमान खान, आमिर खान र अक्षय कुमारको चलचित्र बिच भिडन्त हुने भएको हो । बलिउडका प्रतीक्षित चलचित्रले निकै महत्त्वपूर्ण चाड पर्ने केही मिति निर्माण अघि नै बुक गरिसकेका हुन्छन् । दर्शकको साथ सजिलै मिल्ने मिति अर्थात ईद, क्रिसमस, नयाँ वर्ष लगायतका मिति चलचित्र मेकरको नजरमा पर्ने गर्छ । यो पल्ट अभिनेता अक्षयले ईदमा सलमान खानसँग भिडन्त गर्ने निर्णय गरेका छन् भने क्रिसमसमा आमिर खानसँग । योसँगै यो भिडन्त निकै रोचक हुने भएको छ । तीनै अभिनेताका फ्यानहरू चलचित्रको व्यग्र प्रतीक्षामा छन् भने बाजी कसले मार्ला भन्ने अडकल बाजी सुरु भएको छ ।

२०२० को ईदमा अक्षय कुमारको 'लक्ष्मी बम्ब'ले सलमान खानको 'राधे'सँग प्रतिस्पर्धा गर्ने पक्का भएको छ साथमा क्रिसमसमा अक्षयले चलचित्र 'बच्चन पाण्डे' रिलिज गर्ने घोषणा गरेका छन् भने आमिरले 'लाल सिंह चड्ढा' क्रिसमसमा रिलिज गर्ने तयारी गरेका छन् । पछिल्लो समय अक्षय कुमार बक्स अफिसमा खरो उत्रिरहेका छन् । भने उनका चलचित्र पाइपलाईनमा छन् । यो वर्ष उनका तीन चलचित्र प्रदर्शन भैसकेका छन् भने तीनले नै बक्स अफिसमा रिकै राम्रो व्यापार गरे साथै यसै वर्ष उनको चौथो चलचित्र 'गुड न्यूज' प्रदर्शन हुँदैछ । योसँगै अक्षय  र निर्माता वासु भगनानीबीच एक पटक फेरि सहकार्य हुने खबर बाहिरिएको छ । रञ्जित तिवारीको निर्देशनमा बन्ने हार्ड कोर एक्सन ड्रामाको लागी सय करोड पारिश्रमिक लिने कुरा बाहिरिएको छ । पछिल्लो समय एकपछि अर्को ब्लकबस्टर फिल्म दिइरहेका उनलाई सय करोड पारिश्रमिक तिर्न मेकरले कुनै आपत्ति जनाउने कुरा नै छैन ।