नेपाली चलचित्रका निर्माण पक्षलाई प्राय जसो एउटै आरोप लाग्ने गर्दछ, त्यो हो ‘चोरी’ । चलचित्रको कथा, संगीत, संवाद, पोस्टर चोरिएको आरोप नेपाली सिनेक्षेत्रका लागि पुरानो भइसकेको छ । केहि दिन अघि अनमोल केसी अभिनित चलचित्र ‘कृ’को पोस्टर चारी भएको भन्ने चर्चा थियो । तर यतिबेला गत बर्षको सुपरहिट चलचित्र ‘छक्का पन्जा’को पोस्टर नै चोरिएको आरोप लागेको छ ।

खासमा शनिबार लण्डनमा सम्पन्न भएको बक्स अफिस फिल्म फेयर अवार्डमा चलचित्र ‘छक्का पञ्जा’ ले सर्वश्रेष्ठ पोस्टर डिजाइनको अवार्ड पाएको छ । ‘छक्का पञ्जा’को उक्त पोस्टर सन् २०११ मा रिलिज भएको चलचित्र ‘हल पास’ मिल्छ । पोस्टर प्रभावित हुन सामान्य कुरा हो तर उक्त पोस्टरमा पैसा समातेको हात समेत काटेर राखिएको छ । दिपाश्री निरौलाको निर्देशन रहेको चलचित्र ‘छक्का पन्जा’ गत बर्षको सफल चलचित्र हो । छक्का पञ्जाले नेपाली इतिहासमा सार्वधिक कमाई गर्ने चलचित्र बनेको थियो ।