भक्तपुर भाटभटेनी सुपर मार्केटमा नेपालको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाज्ले  पहिलो मल्टिप्लेक्स सुरु गरिएको छ । भाटभटेनी सुपर मार्केटको पाँचौँ तल्लामा रहेको हल मा रिगल सिनेमाज् प्रा ।लि ।को लगानी रहेको छ । साथै हलमा टिम क्वीस्टको व्यवस्थापन रहनेछ । रिगल सिनेमाज् प्रा । लि । ले नेपालका दुई अरू लोकेसनहरूमा पनि चेन विस्तार गर्ने घोषणा गरेको छ जसमध्ये बुटवलको भाटभटेनी सुपर मार्केटमा २ स्क्रिनहरू र विराटनगरको भाटभटेनी सुपर मार्केटमा २ स्क्रिनहरू पनि तुरुन्तै सञ्चालनमा आउने ब ताइएको छ ।डेफ्थ क्यू थ्रिडी टेक्नोलोजीको प्रयोग गरिएको र तीन वटै स्क्रिनहरूमा डल्बी एटमस साउण्ड टेक्नोलोजी प्रयोग गरिएको छ जसले इन्हान्स साउन्ड क्वालिटी प्रदान गर्छ जसको फलस्वरूप दर्शकहरूलाई उत्कृष्ट अडियो क्वालिटीको अनुभव हुनेछ । यस्तै मल्टिप्लेक्समा क्रिष्टि प्रोजेक्ट सिस्टम पनि रहेको छ । सञ्चालनमा ल्याइएका तीन पर्दामा दुई को सिट क्षमता २४६ र एउटाको २०६ रहेको छ ।