बलिउडका तीन खान अर्थात् सलमान खान, शाहरुख खान र आमिर खानलाई पर्दामा एकसाथ हेर्ने प्रतिक्षा तीन खानकै फ्यानहरूमा धेरै पहिले देखी नै रहेको छ । प्रतीक्षामा बसेका दर्शकलाई खुसी दिँदै सलमान, शाहरुख र आमिर खान एकसाथ आमिरको चलचित्र ‘लाल सिंह चड्ढा’ मा देखिने खबर बाहिरिएको छ । निर्माण टिमबाट यो विषयमा आधिकारिक जानकारी सार्वजनिक नगरे पनि भारतीय मिडियाहरूले यो खबर बाहिर ल्याइरहेका छन् । योसँगै आमिरले आधिकारिक रूपमा फिल्मको घोषणा गर्दै प्रदर्शन मिति तय गर्दै आमिरको अपोजिट करीना कपुर खान रहने सार्वजनिक गरेका छन् । आमिर र करिनाले थ्रि इडियट्स, तलाश एक साथ काम गरेका थिए । उनीहरूको जोडीलाई दर्शकले रुचाएका थिए । सन् २०२० को क्रिसमसमा रिलिज हुने यस चलचित्रलाई अद्वैत चन्दनले निर्देशन गर्ने छन् ।