तेस्रो लिङ्गीको कथा समेटिएको चलचित्र मारुनीको विदेश प्रदर्शनी यात्रा सुरु हुने भएको छ । पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर चलचित्रले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको निर्मात्री पुनम गौतमले बताएकी छिन् । नोभेम्बर ३० तारिकमा जापानको नागोयामा चलचित्र प्रदर्शन गरेर विदेश यात्रा सुरु हुने चलचित्रको डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि प्रदर्शन गरिने पक्का भएको छ । प्रदर्शनको लागि निर्माता पुनमसँगै नायक पुष्प खड्का पनि जापान जाने योजना रहेको पुनमले जानकारी दिएकी छिन् । अहिलेसम्म अस्ट्रेलिया, अमेरिका, लन्डनलगायत देशहरूमा चलचित्रको प्रदर्शन पक्का भइसकेको र अन्य देशमा पनि 'मारुनी' प्रदर्शन गरिने छ । नेपाल मा दर्शक तथा समीक्षकको राम्रो प्रतिक्रिया पाएको चलचित्रमा  सुशील क्षेत्री, अर्जुन श्रेष्ठ, विनोद भट्टराई, शंखर सेढाइलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री चलचित्रका सह निर्माता हुन् भने  गोविन्द फुयाँल र निर्देशक नेपालको कथा रहेको छ । चलचित्रलाई मित्र डी गुरुङले सम्पादन गरेका हुन् । यसै गरी  'मारुनी'मा सञ्जय लामाको छायाङ्कन रहेको छ ।