मङ्सिरको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सरौतो’को गीत सार्वजनिक भएको छ । गीतमा युवापुस्तामाझ चर्चित र्यापर भिटेनले आवाज दिएका छन् । सार्वजनिक प्रमोसनल गीतमा शब्द तथा सङ्गीत पनि उनकै रहेको छ । गीतको भिडियोमा भिटेनको साथमा मुख्य कलाकारहरू सुमी मोक्तान र विजय लामा फिचर्ड छन् । गीतमा भिटेनले केही फरक प्रस्तुति दिएका छन् जुन चलचित्रकै थिम अनुसार बनाइएको छ । चलचित्रमा सुमीसँगै लियो ट्याङ्क , सन्नी सिंह , आमिर गौतम , अरुणा कार्की , सुवाङ्गम शाह , लियो ट्याङ्क , विजय लामा , धिरेन शाक्य , युवराज लामा, मनिषा पुन मगर , प्रतीक दुलाल , राजेश रोय , मनोज तामाङ लगायतको अभिनय रहेको छ । चलचित्रले रिभेन्जको कथा भन्नेछ । चलचित्रमा राघव कृष्ण गौतमको लेखन , उत्तम हुमागाईको छायाङ्कन , निमेष श्रेष्ठको सम्पादन , प्रविन मानन्धरको कलर , ब्याक ग्राउन्ड स्कोर ग्लिटर स्टुडियो , शङ्कर महर्जनको एक्सन रहनेछ । यसमा राजन राज सिवाकोटी , पुष्पन प्रधान , कमल खत्री , भिटेनको सङ्गीत रहेको छ भने राजन , पुष्पन र कमलसँगै मिलन अमात्य , भिटेन, श्रेया सोताङको स्वर दिएका छन् । राजेश रोय क्रिएटिभ निर्देशक रहेको चलचित्रलाई उपत्यकामा गोपाल काजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।