पछिल्लो समय गायनमा आधारित रियालिटी सो नेपाल आइडल चर्चित बन्दै आइरहेको । अहिले नेपाल आइडलमा १२ जना प्रतिस्पर्धीमात्र बाँकी छन् । गत साता नेपाल आइडलबाट अफसर अलि, विध्या तिवारी र मनोज थापा मगर बाहिरिएका थिए ।

सोबाट बाहिरिएरसँगै अफसर सिनेपाटीसँग कुरा गर्दै भन्छन् ‘मलाई थाहा थिएन् सो भन्दा बाहिर मलाई माया गर्नेको जमात यतिधेरै छ । हार भन्दा पनि जितेर आएको छु । ’ अफसर बुटबलका हुन् । नयाँ गीतको साथमा चाडैँनै दर्शकमाझ आउने उनी बताउछन् । यस्तै भोजपुरका मनोज थापा मगर सोबाट बाहिरिएसँगै अब सङ्गीतमा व्यस्त रहने बताए । उनी भन्छन् ‘नेपाल आइडलले हामीलाई धेरै चिज दिएको छ । म सङ्गीतमा नेपाल आइडल जानु भन्दा अघि पनि थिए । अब पनि झन् सक्रिय हुने छु ।’ नेपाल आइडलबाट टप १८ छनाेट गर्ने  साता नै बाहिरिएका सुरज तामाङले हालै एउटा गीत रेर्कड गराईसकेको जानकारी दिए । 

नेपाल आइडलबाट बाहिरिएका तिन प्रतिस्पर्धीसँग गरिएको कुराकानी :