अभिनेता राजेश हमाल फिचर्ड गीत 'चोट खाँदा' सार्वजनिक भएको छ ।  गायिका रेनु विष्ट केसीको स्वर रहेको गीत इन्टरनेटमा सार्वजनिक गरिएको हो । लोकराज अधिकारीको शब्द रहेको गीतमा हरि लम्सालको सङ्गीत रहेको छ । गीतलाई फणीन्द्र राईको एरेन्ज गरेका छन् । भिडियो सहित सार्वजनिक भएको गीतमा महा नायक राजेश हमाल को साथमा  कमला दाहाल, आश्मा अधिकारी, सुन्दर खवास, उर्वशी विक लगायतका कलाकारको अभिनय रहेको छ । गीतको भिडियोलाई शिव बिकेले निर्देशन र मिलन विश्वकर्माको सम्पादन गरेका छन् । गीत मा प्रेम र परिस्थिती ले सृजना गर्ने पिडाको भाव समेटिएको छ ।