असार ३० मा प्रदर्शन हुन लागेको चलचित्र ‘म यस्तो गीत गाउछु’को शिर्ष गीत सार्वजनिक भएको छ । ‘कहाँ छ र ..’बोलको उक्त गीतमा प्रमोद खरेल र अन्जु पन्तको स्वर रहेको छ  भने अर्जुन पोखरेलको संगीत रहेको छ । सुदर्शन थापा निर्देशित चलचित्र ‘म यस्तो गीत गाउछु’मा नायिका पूजा शर्मा र नायक पल शाहको मुख्य भुमिका रहेको छ । यस अघि चलचित्रका दुई गीत र ट्रेलर सार्वजानिक भइसकेको छ ।

 

चलचित्रलाई नायिका शर्मा र निर्देशक थापा मिलेर निर्माण गरेका हुन् । चलचित्रमा पुजा र पलको साथमा रुपा राणा, सरोज खनाल, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ ।