चलचित्र ‘माया पिरिम’को गीत ‘फोटो खिचेर’ बोलको गीत सार्वजनिक भएको छ । लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको गीत सोमबार इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतमा लेखु सहयात्री र बिन्दु परियारको स्वर रहेको छ । गीतमा गायक लेखु सहयात्रीकै शब्द रहेको छ भने कोसिस क्षेत्रीले सङ्गीत रहेको छ । यसै गरी सङ्गीत संयोजन उदय राज पौडेलको रहेको छ । गीतको भिडियोमा सलोन बस्नेत, अञ्जली अधिकार, कोसिस क्षेत्री फिचर्ड छन् । टेक पौरखी राईले निर्देशन गरेको चलचित्रमा कोसिस क्षेत्री, किरण चन्द, अनुपम भण्डारी, सलोन बस्नेत, अञ्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, विशाल पहाडी, रमन राई लगायत कलाकारको अभिनय रहेको छ । ‘माया पिरिममा प्रवीण थापा र सविन अधिकारीको लगानी रहेको छ । चलचित्र आगामी मङ्सिर २० गतेबाट प्रदर्शनमा आउँदै छ ।