कलाकार सलोन बस्नेत र आमेष भण्डारीको स्वर रहेको गीत 'मेरो लागी तिमी' सार्वजनिक भएको छ । सलोन र आमेषकै शब्द र सङ्गीत रहेको गीत भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको हो । गीतको भिडियोमा सलोन र आमेष फिचर्ड छन् । सुशील बाबु छेत्रीले निर्देशन गरेको भिडियोलाई दिनसन शाहले सम्पादन गरेका हुन् । आफूले माया गर्ने प्रेमिकाको समर्पणका शब्द रहेको गीत प्रेमको भाव बोकेको छ । गीत सब इन्टरटेन्टमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।