गायक राजु लामाको गीत 'बिस्तारै बिस्तारै' सार्वजनिक भएको छ । मङ्गोलियन हर्टका निकै लोकप्रिय गायक राजु लामाको सार्वजनिक गीतको शब्द डिपी खनालले रचना गरेका हुन् । मनोज थापा मगरको सङ्गीत र देबेश राईको एरेन्ज रहेको गीतको भिडियोमा गायक लामा स्वयं र नैना थापा फिचर्ड छन् । मनाङको मनोरम पृष्ठभूमिमा खिचिएको भिडियोलाई छेवाङ लामाले निर्देशन गरेका हुन् । यसै गरी भिडियोलाई सन्जीत श्रेष्ठले खिचेका हुन् भने बिजेश पौड्यालले सम्पादन गरेका हुन् । गीतको शब्द, स्वर र भिडियो निकै सुन्दर बनेको छ भने राजु र नैनाको केमेस्ट्री निकै जमेको छ । मायामा आफ्नो जीवन समर्पण गरिसकेँ भन्ने भाव बोकेको गीतले जीवनमा प्रेमको अर्थलाई बयान गरेको छ ।