शुक्रवारदेखि प्रदर्शनमा आउने चलचित्र 'मिस्टर नेपाली'को अमेरिका प्रिमियर सम्पन्न भएको छ । देव भुसाल निर्देशित चलचित्रको टेक्ससमा आयोजना गरिएको प्रिमियरमा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । हेरेका अधिकांश दर्शकले कथावस्तुको प्रशंसा गरेका छन् भने अहिलेका पुस्ताले चलचित्र हेर्नै पर्ने प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई देखाउनै पर्ने चलचित्रमा यो पनि पर्ने उनीहरूको भनाइ छ । चलचित्रमा कमेडी लगायत सम्पूर्ण विषयवस्तु राम्रो रहेको प्रतिक्रिया चलचित्रले पाएको छ । चलचित्रमा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोललगायतका कलाकारको अभिनय रहेको छ । प्रेमराज दाहालले 'मिस्टर नेपाली'लाई निर्माण गरेका हुन् ।