हास्य टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर निर्माण हुन लागेको चलचित्र ‘हिजो आजका कुरा’ को शुभ मुहूर्त गरिएको छ । साथै आजै बाट चलचित्रको छायाङ्कन पनि सुरु गरिएको छ । भुवनेश्वरी मन्दिर परिसर ,पशुपतिमा बुधवार चलचित्रका कलाकार र प्राविधिकको उपस्थितिमा चलचित्रको साइत गरिएको हो । यो सँगै चलचित्रको रिलिज मिती पनि घोषणा गरिएको छ । चलचित्र आगामी वर्षको सुरुवात अर्थात बैशाख १२ मा प्रदर्शनमा आउने छ ।
चलचित्रमा सिरियल ‘हिजो आजका कुरा’को मुख्य जोडी सन्तोष पन्त र रमा थपलिया नै चलचित्रको मुख्य भूमिकामा देखिनेछन् भने साथमा चलचित्रमा नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रीमा विश्वकर्मा, जेबिका कार्की, रमेश अधिकारी, सविन शाक्य, विनायक कुँइकेल, अनुष्का अधिकारी समेतको अभिनय रहनेछ । बिदेसिएका परिवारका सदस्यको कथामा निर्माण हुने चलचित्र पन्त फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुने छ ।