गत शनिवार निधन भएको निर्देशक निलु डोमा शेर्पाको आज (मङ्गलवार) अन्येष्टि गरिएको छ । स्यम्भुस्थित आर्यघाटमा उनको अन्येष्टि गरिएको हो ।
निलुको आमा अस्ट्रेलियामा थिइन् ।आमा छिरिङ ल्हमु शेर्पा अष्ट्रेलियाबाट आएपछि उनको शवलाई स्वयम्बुस्थित आर्यघाटमा अन्तिम श्रद्धाञ्जलि दिइएको हो। उनलाई श्रद्धाञ्जली दिन मृत्युको शोकमा रहेका परिवार, आफन्त, कलाकर्मी र ब्लु डाइमण्ड सोसाइटीका सदस्यहरुको बाक्लो उपस्थिती रहेको थियो।
उनको पार्थिव शरीरमा अन्तिम श्रृद्धाञ्जली दिनका लागी कलाकार रेखा थापा, नम्रता श्रेष्ठ, बेनिसा हमाल, साहाना बज्राचार्य, आयुष्मान देशराज जोशी, आशिरमान देशराज जोशी, साम्तेन भूटिया, मिस नेपाल अश्मी श्रेष्ठ, बैंकर अनिल केशरी शाह, रबिना देशराज, एलजिबिटिआइका तर्फबाट भूमिका श्रेष्ट सहितको विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरू पुगेका थिए ।
निलुको शनिवार हृदयघातको कारण निधन भएको थियो । गत वर्ष उनी निर्देशित चलचित्र ‘हाउफन्नी’ प्रदर्शनमा आएको थियो ।