अभिनेत्री आँचल शर्मा र डा.उदिप श्रेष्ठ प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएको पनि धेरै भइसक्यो । करियरको सुरुवातदेखि नै आँचल र अभिनेता पल शाहको प्रेम सम्बन्धको बारेमा धेरै चर्चा परिचर्चा चल्ने गर्थ्यो तर केही समय यता आँचलले पल आफ्नो मिल्ने साथी मात्र भएको बताइरहेकी छिन् । पलसँगको प्रेम सम्बन्ध नभएको बताउँदै आएकी आँचलले उदिपसँगको सम्बन्धको पाटो खोल्दै आएकी छिन् । एक वर्ष देखिको चिनजान र प्रेमलाई यी दुवैले अब विवाहमा परिणत गर्दै छन् । आँचलले आगामी फागुनमा उदिपसँग बिहे गर्ने फाइनल भएको बताएकी छिन् । फागुनमा विवाह गर्ने तयारीमा भए पनि कुन दिन विवाह गर्ने भन्ने टुङ्गो नभएको उनले बताएकी छिन् । आँचलले उदिपको आगमनले आफ्नो जीवनमा सर्वाधिक खुसीको पल रहेको बताएकी छिन् ।