ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने चलचित्र ‘झिँगे दाउ’मा नव–नायकको रूपमा कुशल विष्ट अनुबन्धित भएका छन् । यस अघि चलचित्रका लागि कलाकारहरू मुकुन भुसाल, केकी अधिकारी र आँचल शर्मा फाइनल भैसकेका थिए भने अब नयाँ अनुहार पनि देखिने भएको छ । चलचित्रमा उनी नायिका आँचल शर्माको जोडीको रूपमा देखिने भएका छन् । साहित्यकार भीमनिधि तिवारीको ‘अन्तरे भाग’मा समावेश ‘झिँगे दाउ’मा आधारित रहेर यो चलचित्र निर्माण हुन लागेको चलचित्रको मङ्सिर ५ गतेबाट छायाङ्कन सुरु हुँदै छ ।

खोटाङको हलेसीबाट चलचित्रको छायाङ्कन सुरु हुने निर्देशक देउजाले जानकारी दिएका छन् । कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपालको सहकार्यमा निर्माण हुन लागेको चलचित्र को दोस्रो सेड्यूल भने भकुण्डेबेसीमा निर्माण भएको भिन्न भिन्न सेटमा गरिनेछ । चलचित्रमा विष्णु कल्पितको छायाङ्कन, रोशन श्रेष्ठको एक्सन, अर्जुन पोखरेलको सङ्गीत, रामजी लामिछानेको कोरियोग्राफी, प्रदिप भारद्वाजको पटकथा तथा संवाद रहनेछ ।