गायक ओम सुनार र गायिका मेलिना राईको स्वर रहेको गीत  ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा ओम सुनारकै शब्द तथा सङ्गीत रहेको छ । भिडियो सहित इन्टरनेटमा सार्वजनिक गरिएको गीतमा महेश खड्का, शारदा आर एल शाह, अमृत शाही ठकुरी र पुष्पा चन्द फिचर्ड छन् । प्रेममा मर्ने बाँच्ने इच्छा अनि भाव समेटिएको गीतको भोडियोलाई शारदा आर एल शाहले निर्देशन गरेका हुन् ।यसै गरी भिडियोलाई पबन गौतमले छायाङ्कन गरेका हुन् भने सुवास देवकोटाले सम्पादन गरेका हुन् ।