गायक धर्मेन्द्र सेवानको नयाँ म्युजिक भिडियो सार्वजानिक भएको छ । एल्बम ‘इन्द्रणी’मा रहेको ‘सोल्टिनि’ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो । उक्त गीतमा ‘दियालो’ सुसान माझिको शब्द र अम्बर तुम्बापो सुब्बाको सङ्गीत रहेको छ ।

 

राजिब के श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोमा मोडल किरन लाकोल र श्रेर्या कार्कीको अभिनय रहेको छ । भिडियोलाई ज्ञानेद्र शर्माले छायाङ्कन गरेका हुन् ।