राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र बनाउने भन्दै बिहीबारदेखि जनकपुरबाट धार्मिक जागरण यात्रा सुरु गरेको छ । जागरण यात्रामा अध्यक्ष पशुपति शमशेर जबरासँगै नायिका रेखा थापा पनि सहभागी भएकी छिन् । मङ्सिर ४ गतेसम्म चल्ने उक्त जागरण अभियानमा रेखा र केन्द्रीय अध्यक्ष द्वय पशुपति शमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी, पार्टीकी सह महामन्त्री एवं प्रवास प्रमुख रेखा थापाको सहभागिता रहेको छ । जनकपुरधाममा रहेको माता सीताको समाधि स्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मीकि आश्रम हुँदै भगवान् बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ । लामो समय राजनीतिक क्रियाकलापबाट टाढा रहेकी रेखा यसरी जागरण यात्रामा अध्यक्ष पशुपति शमशेर जबरासँगै पार्टीको काममा ऐक्यबद्धता जनाउन लागिपरेकी हुन् ।