२०१८ को सफल चलचित्र 'शत्रु गते' युट्युबमा रिलिज भएको ३ दिनमा नै १८ लाख पटक हेरिएको छ । यो सँगै चलचित्र युट्युबको ट्रेन्डिङको नम्बर २ मा पर्न सफल भएको छ । मल्टिस्टारर चलचित्र रहेको ‘शत्रु गते’लाई प्रदीप भट्टराईले निर्देशन गरेका हुन् । उत्कृष्ट चलचित्रको अवार्ड समेत हात पारेको यस चलचित्रले बक्स अफिसमा राम्रो कलेक्सन गरेको थियो । साथमा दर्शक तथा समीक्षकको प्रशंसा समेत पाएको थियो । दर्शकको लामो समयको प्रतीक्षा पछि युट्युबमा रिलिज गरिएको यस चलचित्रलाई दर्शकले निकै मन पराइरहेका छन् । चलचित्रलाई ३६ हजार बढिले लाईक गरेका छन् भने २५सय बढिले कमेन्ट गरेका छन् । चलचित्रलाई अधिकांश दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यति बेला युट्युबको ट्रेन्डिङको नम्बर १ मा पछिल्लो समय निकै चर्चामा आएकी बाल गायिका कमला घिमिरेले गाएको गीत 'चिया छानेको' पर्न सफल भएको छ । भिडियोलाई दुई दिनमै १३ लाख भन्दा बढी भ्युज मिलेको छ ।