आउँदो साउन १३ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेमगीत २’मा रहेको गीत ‘मोटरसाइकलमा’को कभर भिडियो सार्वजनिक भएको छ । पछ्रिल्लो समय डान्समा चर्चित रहेको समूह द कार्टुन क्रिउले उक्त गीतको कभर भिडियो गरेका छन् । कभर भिडियोमा चलचित्रकी नायिका अश्लेषा ठकुरीले साथ दिएकी छिन् ।
केही समय अगाडी ‘मोडरसाइकलमा’को ओर्जिनल भिडियो रिलिज गरिएको थियो । उक्त भिडियोमा चलचित्रकी नायिका ठकुरीको साथमा नायक प्रदिप खड्का र नायिका स्वस्तिमा खड्काको अभिनय रहेको थियो । कभर भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका छन् भने भिडियोमा आष्मा विश्वकर्मा र सरोज अधिकारीको कोरियोग्राफी रहेको छ। मोटरसाइकलमा इन्दिरा जोशी र प्रताप दासको आवाज रहेको छ भन राजेश कुमार श्रेष्ठ र बबिन अधिकारीको शब्द रहेको छ।
सन्ताेष सेनकाे निर्माण रहेकाे चलचित्र प्रेमगीत २लाइ रामशरण पाठकले निर्देशन गरेका हुन् । चलचित्रकाे युनिट भने यतिबेला प्रचार प्रसारकाे लागी देश दाैडाहामा रहेकाे छ ।