गायक एकदेव लिम्बुको नयाँ गीत ‘तिम्रो मुटुमा’ सार्वजनिक भएको छ । रोमान्टिक साथमा मार्मिक गीत गायक लिम्बुकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा सङ्गीत तथा शब्द गायक यश कुमारको रहेको छ । सार्वजनिक गीतको भिडियोमा गायक लिम्बुका साथमा रियाशा दाहाल फिचर्ड छन् । उनीहरूलाई सुनिल राजथला ,सुरेन के राई, विक्की लगायतले साथ दिएका छन् । गीतको भिडियोलाई किरण दाहाल निर्देशन गरेका हुन् । गीतले सबैलाई उस्तै व्यवहार गर्ने प्रेमीकाको प्रेमको भाषा बुझ्न गाह्रो परिरहेको प्रेमीको मनको भाव बोकेको छ ।