गायक सपन श्रेष्ठको नयाँ गीत 'लै बरी लै' सार्वजनिक भएको छ । भिडियो सहित नेपाली प्र्याङ्क मिनिस्टरको आधिकारिक युट्युब च्यानलमा सार्वजनिक भएको गीतमा बृजेश श्रेष्ठको शब्द, सङ्गीत र एरेन्ज रहेको छ । गीतको भिडियोमा शुस्मा अधिकारी, तनुजा गुरुङ, सम्पदा बानिया, श्रीकृति प्याकुरेल र कास्या अधिकारीको अभिनय रहेको छ । भिडियोमा नरेशबिर सिंहको  कोरीग्राफी रहेको छन् भने नितेनचन्द ठकुरीको निर्देशन रहेको छ । गीत सार्वजनिक गरेसँगै  भिडियोबाट आउने २० प्रतिशत रोयल्टी देवघाटमा बस्दै आएका भिमबहादुर विश्वकर्मालाई प्रदान गरिने गायक सपनले बताएका छन् । सपनको करिब ६ वर्ष पहिले सार्वजनिक भएको गीत 'तिमी त्यसै लजायाै' निकै लोकप्रिय भएको थियो ।