अभिनेता विपिन कार्कीलाई पुत्री लाभ भएको छ । उनी र उनकी श्रीमती रेश्मा कटुवालको पहिलो सन्तानको रूपमा सोमबार बल्खु स्थित बयोद्या अस्पतालमा छोरीको जन्म भएको हो । विपिनले ५ वर्ष अगाडि रेश्मासँग विवाह गरेका थिए । छोरीको पिता बन्न पाएकोमा उनले खुसी व्यक्त गरेका छन् । उनका अनुसार अहिले आमा र छोरी दुवैको स्वास्थ्य सामान्य रहेको छ । विपिनले भर्खरै जन्मिएकी छोरीलाई निकै उत्साहित मुद्रामा काखमा लिएको तस्बिर सामाजिक सञ्जालमा साझेदारी गरेका छन् । उनले आफ्नो प्रेमको उपहार छोरीको पिता बन्न पाउँदा निकै खुसी लागेको र छोरी सुनौलो मन भएको एक सुन्दर र आकर्षक महिलाको रूपमा हुर्कनेमा विश्वास व्यक्त गरेका छन् । अभिनयको दुनियाँमा सफल विपिन सफल र खुसी पिता बनुन् शुभकामना ।